बन्दुकको छर्रा लागेर एक घाइते, एक जना पक्राउ

भरुवा बन्दुकको छर्रा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ३४ वर्षीय ईश्वर कुमाल घाइते भएका छन् ।

घर नजिकैको जंगलमा सिकार खेल्ने क्रममा रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरकै ३६ वर्षीय ईश्वर कुमालले चलाएको भरुवा बन्दुकको छर्रा लागेर घाइते भएका हुन् ।

उनको घाँटीमा छर्रा लागेको छ । कुमाललाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अनुसन्धानका क्रममा इश्वरको घरबाट एकनाले भरुवा बन्दुक फेला पारेको पाल्पा प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button