जाजरकोटमा बाढीले बगाउँदा १ काे मृत्यु

खोलामा आएको बाढीले बगाउँदा जाजरकोटमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका- ९ का ३८ वर्षका इन्द्रबहादुर रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
शनिबार राति करिब ११ बजे कुशे गाउँपालिका-१ तारेचौर नजिकैको चैया खोलामा माछा मार्न गएका उनको खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक पुरूषोत्तमप्रसाद पाण्डेयले बताए ।
रोकायासँगै गएका अन्य ६ जनाको भने उद्धार गरिएको थियो । ३ जना सामान्य घाइते उपचारपछि घर फर्किएका छन् । ३ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।