मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि प्रकाशन अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

सर्जन कुमार शाही – मुगु
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते गमगढीमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले २०८० मंसिर ३१ गते दिल्ली २०८१ जेष्ठ १९ गतेसम्म सङ्कलन गरिएका १२ ओटा घटना प्रस्तुत गर्नु भएको छ ।
कुटपिट  सम्बन्धित ४ वटा , दुर्ववहार  एक ओटा, महिला हिंसाको ७ ओटा घटनाहरु प्रस्तुत गर्नुभएको थियो । यो ६ महिनाको तथ्यांक अनुसार सबै भन्दा बढी महिला हिंसाका घटना समाबेश भएको पाइयो ।

कार्यक्रमका प्रमुख अतिथि मुगु जिल्ला प्रहरी कार्यलय मुगुका प्रमुख नायब उपरीक्षक बिरेन्द्र थापाले इन्सेकले तयार पारेको प्रतिवेदन माथि प्रकाश पार्दै इन्सेकले मानव अधिकारमा ठुलो सहयोग पुर्याएको र जिल्ला प्रहरी कार्यलय मुगुना परेका उजुरी राम्रोसँग विवरण इन्सेकको नराखेको गुनासो प्रति आफ्नो ध्यान आकर्ष भएको र अब आउदा दिनहरुमा सबै विवरण राख्ने कुरा स्पष्ट पार्नु भयो ।

जिल्ला नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्लले इन्सेकले सङ्कलन गरेका घटना यथार्थ सहि भएको र मानव अधिकार उलंघन सम्बन्धिका घटना न्यूनीकरणका लागि इन्सेकले जनचेतना मुलुक तालिम वा गोष्ठी गर्न इन्सेकलाई सुझाव दिनु भयो र स्थानिय सरकारका न्याय समितीहरु कमजोर भएको कारण स्थानीय तहमा मानव अधिकारका उजुरी नै नपर्ने गरेको बताए ।
नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ले आफ्नो भनाइ राख्दै मुगुमा मिति सकिएका खाद्यान्न आउने र अभाव भएर जनताले दु:ख पाउने गरेको कुरालाई खाद्य अधिकारको बारेमा घटने घटनामा बिशेश जोड दिनको लागी इन्सेकलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा उपस्थित पुर्व इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवालले आफ्नो भनाइ राख्दै मुगुमा सबै भन्दा बढी महिला हिंसाका घटनाहरु घटने तर स्थानीय तहको न्याय समितिमा नआउने र गाउँमा भएका प्रहरी चौकिमा नै मेलमिलाप हुने उक्त क्षेत्रमा सम्पर्क गरेर घटना संकलन गर्न सुझाव दिनु भयो ।

सरकारी वकिल कार्यलय मुगुका अधिवक्ता चन्द्र बहादुर खत्री ले जिल्लामा मानव अधिकारका उजुरी आफु कहाँ न आउने प्राय जिल्ला प्रहरी कार्यलय मुगुमा नै मेलमिलाप हुने कुरा बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button