बाटो काट्ने क्रममा बसको ठक्करबाट स्याङ्जामा एकको मृत्यु

वालिङ नगरपालिका–८ मिर्दीस्थित सिदार्थ राजमार्गमा बसले ठक्कर दिँदा ८१ वर्षिय वृद्धको ज्यान गएको छ । आइतबार दिउँसो बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६२३७ नम्बरको बसमा सवार स्याङ्जाको विरुवा गाउँपालिका–६ का दुर्गाबहादुर थापा बसबाट झरेर बाटो काट्ने क्रममा बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट घाइते भएका बृद्ध थापाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । बृद्धको लाश स्वास्थ्य चौकीमा नै राखिएको छ भने, बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button