गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कालिञ्चोक-बीबीआर जेभी कम्पनीलाई, २६ महिनामा काम सकाउने

क्षितिज मगर – नेपालकै गौरव भरतपुर महानगरपालिका-१५ अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यको लागि प्रतिस्पर्धाबाट निर्माण व्यवसायी हिमालयन-कालिञ्चोक-बीबीआर जेभी छनोट भएको छ ।
भरतपुर महानरगपालिकाका मेयर रेणु दहालका अनुसार एक हप्ता भित्रमा उक्त कम्पनी सगं महानगरले निर्माण सम्झौता गर्ने र सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य महानगरको रहेकोछ बताए। मेयर रेणु दहाल भन्छिन् ‘सयौं व्यवधानहरुलाई पार गर्दै हामी फेरि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको चरणमा प्रवेश गरेका छौं। हामी सबैको नेपाली क्रिकेट प्रेमीको सपना अव छिट्टै पुरा हुदैछ’।
साे निर्माणााधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे लामाे समयदेखि निर्माण कार्यकाे काम राेकिएकाे थियो ।