रौतहटमा बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते

रौतहटको गौर–चन्द्रनिगाहपुर खण्डमा शनिबार बिहान यात्रुवाहक बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १३ जना यात्रु घाइते  भएका छन् ।

गरुडा नगरपालिका–१ स्थित जयनगर चोकनजिक गौरबाट भैरहवातर्फ आउँदै गरेको ना ७ ख ८४१४ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा माधवनारायण नगरपालिका–३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ वर्षीया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट टोली पुगेर घाइतेको उद्धार गरेको थियो । घाइतेलाई प्रहरीले स्थानीय अस्पतालमा उपचारकोलागि पठाएको छ ।

दुर्घटनामा २६ वर्षीया रन्जुदेवी दासको दाहिने हात भाँच्चिएकोले शिवनगरस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको डीएसपी गिरीले बताइन् । बस चालक फरार रहेको र खोजी कार्य भइरहेको उनले जानकारी दिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button