लघुवित्त पीडितले गरे कोहलपुरमा राके जुलुस पर्दशन

बाँके/ बाँकेको कोहलपुरमा लघुवित्त बाट पीडित भएका व्यक्तिहरुले राके जुलुस सहित विरोध पर्दशन गरेका छन ।

लघुवित्त पीडित संघर्ष समितिको आयोजनामा कोहलपुरको पुरानो बसपार्क देखि सुरु भएको जुलुस चौराहामा आएर कोणसभामा परिणत भएको हो ।

पछिल्लो समय लघुवित्तले ऋणिहरुलाई मर्कामा पार्ने घर जग्गा जमिन लिलाम गर्ने र कालोसुचिमा राख्ने गरेको हुदा बिरोध पर्दशन गरिएको लघुवित्त संघर्ष समितीका अध्यक्ष अब्दुल शाहले बताएका छन।

वित्तीय संस्थाहरुले कर्जा लिदा कम ब्याज गर्ने र पछिपछि बढाउदै जाने प्रवृति बढने र कालोसूचीमा राखि पीडितहरुलाई घर बास बिहिन बनाएको हुँदा पर्दशन गरेको शाहले जानकारी दिए । उनका अनुसार सरकारले हाम्रो माग पूरा नगरे अब बाँके जिल्ला बाटै जन बिद्रोह गर्ने समेत चेतावनी  दिएका छन ।

पर्दशनमा बैक तथा वित्तीय संस्थाले लगाएको सामुहिक ऋण मिनाहा गर , कालो सुची तथा लिलाम गरेको जग्गा जमिन फुकुवा गर , समाजवादी अर्थतन्त्रको विकास गर भन्ने नारा लगाईएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button