नारायणी किनारमा पुरुषको शब फेला

पूर्वी नवलपरासीको गैँडाकोटमा एक पुरुषको शव फेला परेको छ । गैँडाकोट नगरपालिका-९ थुम्सी स्थित नारायणी नदी किनारमा अन्दाजी ६०/६५ वर्षको पुरुषको शव फेला परेको हो ।

नारायणी नदीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको र चिन्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ ।

नदीले बगाएर ल्याएको शवको विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी बेद बहादुर पौडेलले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button