मुगुका चार स्थानीय तहमा बन्याे चार विद्यालय भवन

सर्जन कुमार शाही
मुगु , कर्णाली प्रदेशद्दारा सामाजिक बिकास कार्यलय अन्तर्गत आर्थिक बर्ष २०८०/८१ को बजेट मार्फत सामाजिक बिकास कार्यलय मुगुले मुगुका चार स्थानीय तहहरुमा चार वटा बिधालय भवन निर्माणको लागी बजेट विनियोजन गरेको थियो उक्त बजेट अनुसार भवन निर्माणको कार्य सम्पन्न भएको छ ।

सामाजिक बिकास कार्यलय मुगुले खत्याड गाउँपालिकाको सर्वोदया माध्यमिक बिधालय सुकाढिक , सोरु गाउँपालिकाको जनज्योति माध्यमिक बिधालय नाथर्पु , मुगम कार्मारोङ गाउँपालिकाको आवासीय बिधालय र छाँयानाथ रारा नगरपालिकाको प्रकाश माध्यमिक बिधालय लुममा दुई तलाको चार कोठे भवन स्टामेट अनुसार निर्माणको कार्य सम्पन्न भएको सामाजिक बिकास कार्यलय मुगुका कार्यलय प्रमुख टाेप बहादुर बुढाले बताए ।

सामाजिक बिकास कार्यलयकै बजेट अनुसार भवन निर्माणको कार्य सम्पन्न भएको छ यी चारै वटा भवन निर्माणका लागि ५० / ५० लाखका दरले २ करोड बजेट बिधालय भवन निर्माणका लागी आएको र यही अनुसार कार्य सम्पन्न भएर सबै बजेट भुक्तानी भैसकेको कार्यलय प्रमुख बुढाले बताए ।

कार्यसम्पादनका हिसाबले आर्थिक वर्ष २०७९/ ८० भन्दा आर्थिक वर्ष २०८०/८१ अझ राम्रो भएको छ करिब करिब यो आर्थिक बर्षको अन्तिम चरणमा छौ करिब ९५ प्रतिशत प्रगती हुने अनुमान गरिए छ पुजिगत करिब ९८ प्रतिशत र चालू करिब ९० प्रतिशातको नजिक जाने अनुमान गरिएको बुढाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button