नारायणी नदीले खतराको सतह पार गर्याे

नारायणी नदीको जल सतहले खतराको तह पार गरेको छ । पानीको स्तर अझै बढ्दो अवस्थामा छ । चितवन र नवलपरासी क्षेत्रमा नदी तटका बस्तीका स्थानीयलाई सजग रहन प्रशाासनले अपिल गरेको छ ।
नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा शनिबार दिउँसो ३ बजेर ५० मिनेट जाँदा नदीको जलस्तर नौ मिटरभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो भनेको खतराको तह पार हुनु हो ।
विभागले जलस्तर अझै बढ्दो क्रममा रहेको जानकारी दिएको छ । शनिबार राति १२ बजेसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन नदी तटका बासिन्दालाई विभागले अनुरोध गरेको छ ।