नारायणी नदीमा गत १६ वर्षयताको सबैभन्दा ठूलो बाढी

नारायणी नदीमा गत १६ वर्षयताको सबैभन्दा ठूलो बाढी आएको छ । जलमापन केन्द्रका अनुसार अहिले बिहान साढे १० बजे नारायणीमा पानीको बहाव ४ लाख ४३ हजार क्यूसेक ( लिटर प्रतिसेकेन्ड ) रहेको छ । यो बाढी २०६५ साल यताको सबैभन्दा ठूलो हो ।
नारायणगढस्थित नारायणी पुलमुनि अहिले पानीको सतह ११ दशमलव ३६ मिटर माथिसम्म आइपुगेको छ । यो तह चेतावनी तहभन्दा माथि हो । गैंडाकोटस्थित अक्सफोर्ड कलेज आसपासको बस्ती डुबनामा परेको प्रहरीले जनाएको छ । नारायणी नदी किनारमा रहेको गैंडाकोटदेखि त्रिवेणीधामसम्मका गाउँबस्ती जोखिममा रहेका छन् ।
गत ४ दिनदेखि आएको वर्षाले नारायणीमा लगातार पानीको सतह बढेको छ ।