बर्दियाको खाैरा खाेलाले ल्यायाे एक शब (भिडियो सहित)

बर्योदिया- खाैराखाेलामा एक पुरुषकाे शव फेला परेको छ ।

ठाकुरबाबा नगरपालिका-९ ठाकुरद्वारा निकुञ्ज देखि हात्तिसार जाने बाटोको खौराखोलामा इकाे लज होटेलको खोला पारी पट्टि निकुञ्ज को छेत्र भित्र साे लास भेटिएको हो ।

बाढीले बगाएर ल्याएकाे दाउरा संकलन गर्न गएको स्थानीयले साे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त बेबारिसे शव नेपाल प्रहरी, स्थानीयवासी र वाइल्ड लाइफ इन्काउन्टर रिभर राफ्टिङ्ग प्राइभेट लिमिटेड काे सहयोगमा आइतबार बिहान ८ बजे भेटिएको उक्त शव पुरुष रहेकाे र अन्दाजी पचास बर्षकाे जस्तो देखिने स्थानीय बताउँछन् । शव पुरानो भएको कारण कुहिसकेकाेले गन्हाउन थालिसकेको उद्दारमा खटेका सहयाेगीहरुले जनाए ।

हाल साे शवलाई पाेष्टमार्टमकाे लागि गुलरिया पठाएका छन् ।

भिडियो स्राेत : बिबस राना मगर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button