मुगुमा पहिरोको त्रासले निदाउनु सकेका छैनन् यी ३५ घरपरिवार

सर्जन कुमार शाही
मुगु , जिल्ला स्थित सोरु गाउँपालिका—४ रावलबाडा गाउँका ३५ दलित परिवार बाढी पहिरोको त्रासले रातभर जागराम बस्न थालेका छन ।
असार २१ गते बिहान गाउ“को माथि बाट बर्षासंगै उर्लेर बाढी आएर खेतीयोग्य जग्गा बगरमा परिणत गरि गाउ“ जोखिम बनेपछि ३५ दलित घरका करिव १ सय ७५ स्थानीय त्रासले रातभर जागराम बस्ने गरेका छन ।
गत बर्ष पनि यही समयमा गाउँमाथि बाट बाढी आउदा खेतबारीको अन्नबाली तहसनहस पारेको थियो । यो पटक पनि सोही स्थान बाट बाढी आएर जग्गा जमिन लहसनहस बनाए पछि दलित परिवारलाई उठिबास हुन थालेको छ ।
बाढी पहिरोको डरले हामी राति सुत्दैनौ रावलबाडा गाउ“का ४७ बर्षिय जाड नेपालीले भने बर्षा हुदा बित्तिकै माथि बाट बाढी पहिरो आएर खेतीयोग्य जग्गा जमिन बगर बनाई सक्यो । नेपालीले दुखेसो पोख्दै भने बीच हामी दलित परिवारका घर छन वरिपरि बाढी पहिरोले तहसनहस बनाई सक्यो ।
राति बाढी आएपछि बगिजौला भनेर रातभर गाउ“ले जम्मा भएर घरको क्षतमा जागराम बस्ने गरेको दानसिह नेपालीले बताए । बर्षा सुरु भएपछि देबि देउता पुर्कादै घरमा बस्नु परेको उनले सुनाए । कोही ओढने ओछयान बोकेर गाउ“ भन्दा ५ मिनेट पर प्राथमिक बिद्यालयको भवनमा सुत्न जाने गरेका छन ।
बर्खा लागेपछि रावलबाडा गाउ“को माथि बाट पनि माथि बाढी पहिरो आउने र गाउ“को मुनितिर बाट पनि जमिन भासिदै जान थालेपछि ३५ दलित परिवारलाई आफनो ज्यान देखि धनसम्पति जोगाउन सास्ती हुन थालेको छ । हुम्ला कर्णाली नदीले गाउ“मुनीको जमिन कटान गर्दै जान थालेपछि बस्ती नै भासिदै जान थालेको छ ।
रावलबाडा गाउँका ३५ दलित परिवार बाढी पहिरोको उच्च जोखिमा रहेको सोरु गाउपालिका—४ का वडाअध्यक्ष गोर्ख मल्लले बताए । अध्यक्ष मल्लका अनुसार झरी पर्न थालेपछि बाढी पहिरोको त्रासले दलित परिवार रातभर जागराम बस्ने गरेका छन ।
बाढी पहिरोको उच्च जोखिममा रहेको रावलबाडा बस्तीलाई सरकारले अन्यत्र स्थानमा सार्न अति जरुरी भइसकेको वडाअध्यक्षले सुनाए । रावलबाडा गाउका दलित परिवारले बस्ती अन्यत्रा सारि दिन गाउपालिका, कर्णाली प्रदेश र संघीय सरकार सित बारम्बार गुहार माग्दै हैरान भएपनि कार्यन्वयन नहुदा चिन्तित छन ।
रावलबाडा गाउ बाढीपहिरोको उच्च जोखिमम छ सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले भने बजेट अभावका कारण उक्त बस्ती अन्यत्र सार्न गाह्रो भइरहेको बताउ छन् । सोरु गाउपालिका भरिका ५५ बटा बस्ती मध्ये दलितको बाहुल्यता रहेको रावलवाडा गाउ बाढीपहिरोको जोखिममा रहेको छ अन्यत्र सार्न अति आबश्यक देखिएको उनको भनाई l
पटक पटक स्थानीय सरकार र सरोकारवाला निकाय संग गुहार गरेता पनि अहिलेसम्म कुनै पनि सुनुवाइ नभएको स्थानीय चन्द्र नेपालीले बताए ।