सामाजिक बिकास कार्यलय मुगुको वार्षिक सार्वजनिक सुनुवाइ

सर्जन कुमार शाही
मुगु असार २४ गते,
मुगु , सामाजिक बिकास कार्यलय मुगुले आफ्नो कार्यलय बाट बर्षभरी भए गरेका प्रगतिको सार्वजनिक सुनुवाइ गरेको छ ।
सोमवार सामाजिक विकास कार्यालयले आयोजना गरेको आफ्नो आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा गोष्टिमा कार्यालयबाट चालू आवमा सम्पन्न भौतिक पुर्वाधार , शैक्षिक सुधारमा तथा शैक्षिक अनुदानमा भएका कामको प्रगति सार्वजनिक गरिएको हो ।
चालू आवमा विधालय भवन निर्माण तर्फ सामाजिक विकास कार्यालय मुगुले जिल्लाका चार पालिकाहरुमा ५०/५० लाखको लागतमा ४ कोठे पक्की भवन निर्माण सम्पन्न गरेको थियो भने १०/१० लाखका विधालय घेरवार र शौचालय निर्माणका ७ योजना ,१० लाखको विधालय आइसिटी १ र ४ लाखको खेल मैदान निमाणको १ योजना सम्पन्न गरेको थियो
।
कार्यालयको वार्षिक समीक्षा गोष्टिमा वर्षभरी कार्यालयले सम्पन्न गरेका विकास निर्माण,क्षमता विकास,छात्रावृधी तथा अन्य कार्यक्रमहरुको प्रस्तुती गर्दै सामाजिक विकास अधिकृत टोप बहादुर बुढाले मुगु जिल्लामा विकास निर्माणका काम गर्न कठिनाइ भएको बताउनु भयो ।
उहाले भन्नुभयो सुर्खेतमा बन्ने भवनको लागत र मुगुका दुर्गम बस्तिमा बन्ने भवनको लागत एउटै छ आवश्यकताले गर्दा स्थानिय जनता मारमा परेर भवन निर्माण गर्ने गरेका छन कर्णाली प्रदेश सरकारले जिल्लागत अनुसार भौगोलिक कठिनाइ समेतलाइ मध्यनजर गरि त्यहा निर्माण हुने भौतिक संरचनाको लागत स्टमेट फरक फरक निकाल्नु पर्छ । कि जिल्लामा डल्लो बजेट पठाएर लागत स्टमेटको जिम्मा जिल्लालाइ नै दिनु पर्छ ।
जिल्लामा रहेका अन्य प्रदेश कार्यालयहरु आज असार २४ गते आथिक वर्षको हिसाब कितावमा व्यस्त रहेका बेला सामाजिक विकास कार्यालयले आफ्ना सबै कार्यक्रम सम्पन्न,भुक्तानी समेत सकाएर प्रगती समीक्षा समेत गरेकाले उपस्थित सबैले धन्यवाद दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्ग शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले सामाजिक विकास कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न सम्पुर्ण कार्यहरु मुगुका पत्रकारहरु नजिक रहेको र सामाजिक विकास कार्यालयका सबै कृयाकलापहरु पारदर्शी,जवाफदेहि र जनमैत्री रहेको बताउनु भयो उहाले भन्नुभयो नेपाल सरकारलाई नै बेरुज टाउको दुखाइ भैरहेका बेला मुगु जिल्ला कै एक मात्र बेरुज शून्य भएको कार्यालय सामाजिक विकास कार्यालय हुनु मुगाली सबैको गर्भको विषय भएको र शून्य वेरुज कार्यालय बनाउन सफल भएकोमा कार्यालयका सम्पुर्ण कर्मचारी धन्यवादका लायक रहेका छन ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसिले वार्षिक प्रगती समीक्षा कार्यक्रममा सामाजिक विकास कार्यालय प्रती कोहि कसैबाट गुनासो नआएकोमा खुशी हुँदै जनताका सेवक हामी कर्मचारीहरुले यसरी नै गुनासो रहित सेवा सम्पादन गर्नु पर्ने बताउनु भयो उहाले गुनासो रहित कार्य सम्पादन गरेकोमा सामाजिक विकास कार्यालय मुगुका सबै तह र जिम्मेवारिका कर्मचारीहरुलाइ धन्यवाद दिनुभयो ।
विधालय व्यवस्थापन समितिका अध्यक्षहरुको प्रतिनिधित्व गर्दै महाकाली नमुना माध्यामिक विधालयका विधालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र बहादुर मल्लले विगत वर्षहरु भन्दा अहिलेका सामाजिक विकास कार्यालयका कृयाकलाप,विकास निर्माणका संरचनाहरु पारदर्शी,गुणस्तरिय र जवाफदेही भएको बताउनु भयो ।
सन्चारकर्मी विनोद कुमार मल्लले मुगु जिल्लामा अल्पसख्य र सिमान्तकृत समुदाय नभएको थाहा हुदा हुँदै यो समुदायको क्षमता विकास र सीप विकास शिर्षकमा बजेट छुटाउनु मुगु पठाउनु भनेको प्रदेश सरकारले बजेट बचत गर्ने उदेश्यको नियत देखिएको बताउनु भयो । उच्च शिक्षा पढन छोरी बुहारीलाई छात्रावृद्धी दिने भनिएको छ तर कार्यविधीमा कर्णाली प्रदेश भित्रका क्याम्पस,प्राविधिक शिक्षालय अध्ययनरत हुनु पर्ने भनिएकाले कर्णाली प्रदेशमा नभएका फरेष्टि,स्टाफ नर्स तथा अन्य विषय प्रदेश बाहिरका जिल्लाहरुमा पढदै आएका धेरै छोरी बुहारी यो सुविधाबाट बाहिर रहेकोले प्रदेश सरकारलाइ कार्यविधी संशोधन गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा भौतिक पुर्वाधार तर्फ उत्कृष्ट तथा गुणात्मक भवन निर्माण गरेको भन्दै सर्वोदय माध्यामिक विधालय सुकाढिकलाइ सम्मान समेत गरिएको थियो ।
सामाजिक विकास कार्यालय मुगुका सामाजिक विकास अधिकृत टोप बहादुर बुढाको अध्यक्षयतामा सम्पन्न भएको उक्त कार्यक्र्ममा प्रमुख अतिथिको रुपमा समन्वय प्रमुख मन्जन बहादुर कार्की,विशेष अतिथिमा समन्वय उपप्रमुख नैलि कार्की,प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसि र अतिथिको रुपमा प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापा,ससस्त्र प्रहरी नायव उपरिक्ष तपेन्द्र केसि,नेपाल शिक्षक महासङ्ग केन्द्रिय सदस्य जङ्ग बहादुर शाही उपस्थित हुनुहुन्थ्यो ।
सामाजिक विकास कार्यालय मुगुको कुल वार्षिक बजेट ६ करोड १ लाख ५ हजार मध्य ५ करोड ६९ लाख ४१ हजार ४१८ रुपया खर्च गरि कार्यप्रगती ९५ प्रतिशत गरेको देखिएको छ ।
शिक्षा,सरसफाइ,महिला,बालबालिका,जेष्ट नागरिक तथा सामाजिक सुरक्षा,युवा तथा खेलकुद,भाषा,धर्म तथा सस्कृती र श्रम तथा रोजगार क्षेत्रमा सामाजिक विकास कार्यालय मुगुले काम गर्दै आएको छ ।