मुगुमा एक साता पछि हवाइ उडान सुचारू

सर्जन कुमार शाही
मुगु असार २५ गते,
मुगु स्थित रारा विमान स्थलमा मंगलवार देखि हवाई उडान सुचारू भएकाे छ ।
अबिरल बर्षाका कारण माैसम बिग्रिएर ७ दिन देखि अवरूद्व भएकाे हवाई उडान आज देखि सुचारू भएकाे हाे ।
रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख श्री कृष्ण रिजालका अनुसार माैसममा केही सुधार भएका कारण मंगलबार समिट र तारा एअरले उडान भरेका हुन ।
बिभिन्न कामकाे शिलशिलामा नेपालगन्ज,सुर्खेत जाने,आउने यात्रु र बिरामीहरु यात्रा गर्न पाउँदा खुशी भएका छन् ।
कर्णाली तथा सुदुरका जिल्लाहरूमा बिगत ७ दिन देखिकाे अबिरल बर्षाका कारण बाक्लाे हुस्सु र कुहिराे लागेर जताततै माैसम बिग्रुदा हवाई उडान अवरुद्ध हुँदै आएकाे थियाे ।
“गाडी बाट जाउँ भने बाटाे खराब, प्लेन आउदैन ७ दिन देखि सुर्खेत जान तयार भएकाे थिए बल्ल आज माैसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाईयाे खुशी लाग्याे छायाँनाथ रारा नगरपालिका गमगढी बजार निवासी नाैलासिंह नेपालीले बताउनु भयाे ।
उडान नभएपछि ६ दिन देखी यात्रुहरू मुगु र नेपालगञ्ज विमानस्थलमा रोकिनु परेको थियो। माैसमकाे सुधार सँगै उडान सुचारू हुँदा हवाई यात्रुलाई सहज भएको छ भने दैनिक उपभोग्य वस्तु र अन्य माल सामान पनि ढुवानी हुने बताईएकाे छ ।