रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई घर फर्काउने पुटिनकाे बाचा

रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई मुक्त गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाचा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा रुसी राष्ट्रपति पुटिनले छिट्टै नै भारतीयलाई मुक्त गर्ने प्रतिबद्धता जनाएका हुन् ।
भारतीय विदेश सचिवल विनयमोहन क्वात्राले मोदी र पुटिनबीच रुसी सेनामा रहेका भारतीय नागरिकलाई मुक्त गर्ने विषयमा छलफल भएको बताए । मस्कोमा पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘प्रधानमन्त्रीले झुक्याएर रुसी सेनामा भर्ती गराइएका भारतीयहरूको शीघ्र रिहाइका लागि जोडदार ढंगले कुरा उठाउनु भएको छ ।
रुसी पक्षले रुसी सेनामा भर्ती भएका भारतीयलाई रिहाइ गर्ने वाचा गरेको छ ।’ विदेश सचिव क्वात्राका अनुसार अहिलेसम्म ३५ देखि ५० को हाराहारीमा भारतीयहरू रुसी सेनामा भर्ती भएका छन् । तीमध्ये १० जना घर फर्किइसकेका छन् ।