धुलिखेल-खावा सडकखण्डमा पहिरोले अवरुद्ध

अविरल वर्षाका कारण काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर–८ स्थित पकुचामा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

बुधबार बिहान अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा आएको आएको पहिरोले अरनिको राजमार्गमा दुईतर्फी नै यातायात सञ्चालन ठप्प भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

वर्षाका कारण सडक हिलो हुँदा केही सवारी साधन सडकमा फसेका छन् । हिलोमा फसेको सवारी साधन निकाल्न र पहिरो पन्छ्याउन केही समय लाग्ने प्रहरीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button