पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी बन्द

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलानजिक सडकमाथिबाट  ढुंगा, लेदोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो ।

पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडक खुल्न ९ बजेसम्म लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button