नारायणीमा पानीको सतह बढेपछि खतराको नजिक

चितवन- वर्षाका कारण नारायणी नदीमा पानीको सतह बढेको छ । देबघाट जल मापन केन्द्रका अनुसार बिहीबार दिउँसो सवा ३ बजे देबघाटमा पानीको सतह ७ दशमलब ६२ मिटर उचाइमा पुगेको छ ।

यो सर्तकता रहन पर्ने तह भन्दा माथि हो । पूर्वी नवलपरासी, चितवन र तनहुँको संगमस्थल देबघाटमा पानीको सतह ७ मटिर भन्दा पुगेपछ सतर्क रहनुपर्ने अवस्था भन्ने बुझिन्छ ।

लगातारको वर्षाका कारण नारायणीमा बाढी बढेकाले नवलपरासी र चितवनस्थित नदी आसपासका सर्वसाधारणले सर्तकता अपनाउन पर्ने जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको छ ।

बुधवारदेखिको झरीले बिहीबार दिउँसो १२ बजेपछि नारायणीमा एक्कासी पानीको सतह बढेको हो । गण्डकी प्रदेशको नारायणी नदी आसपासको क्षेत्रमा वर्षा जारी छ ।

गत मंगलवार र बुधवार बिहानसम्म केही रोकिएको झरी त्यसपछि बढेको बढ्यै छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button