प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपालकै दोस्रो लामो पुल उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्मित पुल सोमबार उद्घाटन गरेका छन् ।  राप्ती गाउँपालिका वडा नं. ७ सिसहनिया र गढवा गाउँपालिका वडा नं. २ महादेव जोड्ने राप्ती पुल समउद्दघाटन गर्न प्रधानमन्त्री के.पीे. शर्मा ओली नेपाली सेनाको हेलिकप्टरबाट  राप्ती उपत्यकाको सिसहनिया पुगेका हुन् ।

 

प्रधानमन्त्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, मन्त्री, प्रदेशसभाका सदस्य र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलगायतले स्वागत गरेका थिए । पुल उद्घाटनपछि उनले राप्ती गाउँपालिका–२ लालमटियामा आयोजित जनसभालाई सम्बोधन    गरेका थिए  । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी बनेको यो पक्की पुल नेपालकै दोस्रो लामो हो ।

 

निर्धारित समयभन्दा चार महिनाअगाडि नै निर्माण भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब एक अर्ब लागतको उक्त पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल निर्माणपछि देउखुरी क्षेत्रका सिसहनिया–महदेवा वारपार गर्न सहज भएको छ । यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले राप्ती नदी डुंगाबाट वारपार गर्नुपर्ने बाध्यता थियो । पुल निर्माणसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज हुने छ ।

For video:-https://youtu.be/Q1wyuwXGS6Q

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button