भौतिक संरचना अपाङ्ग मैत्री नहुँदा समस्या

सर्जन कुमार शाही
साउन १५ गते
मुगु, मुगु जिल्लामा अपाङ्ग मैत्री भौतिक संरचना निर्माण नहुँदा सेवाग्राहीहरुलाई सेवा लिदा समस्या आउने गरेको छ ।
नेपाल सरकारले कुनै पनि भौतिक संचालन निमार्ण गर्दा अपाङ्ग मैत्री भवन बनाउनु पर्ने निति ल्याइएको छ तर व्यवहारमा भने ल्याउन जटिल भएको छ । मुगु जिल्लामा चार ओटा स्थानीयतह रहेका छन् जसमा सोरु गाउँपालिका , खत्याड गाउँपालिका , छाँयानाथ रारा नगरपालिका र मुगम कारमारोङ्ग गाउँपालिका यी चारै स्थानीयतहका पालिका भवन समेत अपाङ्ग मैत्री छैनन् ।
जिल्लाका चार ओटा स्थानीय तहमा २०७८ को जनगणना अनुसार जिल्लामा १ हजार ७ सय ६० जना अपाङ्गहरु रहेका छन् । करिब ६५ हजार जनसंख्या भएको जिल्लामा करिब १८ सयको संख्यामा अपाङ्गहरु हुँदा सम्बन्धि सरोकार वाला निकायले अपाङ्ग मैत्री भवन निर्माणमा भने चासो दिएको देखिदैन ।
मुगु जिल्लामा रहेको जिल्ला अस्पताल बाहेक अरु कुनै पनि कार्यलयहरु अपाङ्ग मैत्री छैनन् , मुगुमा कतिपय बिधालयका भवन अपाङ्ग मैत्री नभएर सौचालय भने गैरसरकारीसंस्था (GNI) को आर्थिक सहयोगमा मुगुका केहि बिधालयमा भने निर्माण भएका छन् तर पानीको अभावका कारण प्रयोग बिहिन छन् ।
जिल्लामा भएका कुनै पनि सरकारी र गैरसरकारी कार्यलयका भवन अपाङ्ग मैत्री छैनन् । जिल्लाका प्रायः सेवाग्राहीहरु बढी आउने कार्यालय जिल्लामा भएका बिधालयहरु , जिल्ला प्रहरी कार्यालय , जिल्ला प्रशासन कार्यालय , हुलाक कार्यालय , जिल्लामा भएका सम्पुर्ण स्वास्थ्य चौकी र जिल्लामा भएका सबै बैंकहरु अपाङ्ग मैत्री छैनन् ।
जिल्लामा अपाङ्ग मैत्री भवन निर्माण नहुँदा एउटै अपाङ्गहरुलाई मात्र समस्या नभएर स्वास्थ्य प्रजनन अधिकारमा पनि समस्या आएको छ । स्वास्थ्य संस्थामा गएर सहजै सेवा पाउने अपाङ्ग ,महिला र बालबालिकाको स्वास्थ अधिकार हो तर मैत्रीपुर्ण भवन निमार्णमा सरोकार वाला निकायले ध्यान नदिएको कारण आज साना साना बालबालिकाहरु , अपाङ्गहरु र धेरै गर्भवती महिलाहरू अपाङ्ग मैत्री प्रस्तुति गृह भवन ,स्वास्थ्य चौकीका भवन , पालिका नगरपालिकाका भवन, बैंक र अन्य सरकारी कार्यलयहरुका भवन अपाङ्ग मैत्री नहुँदा सहजै सेवा नपाउदा स्वास्थ्य प्रजनन अधिकारका सेवाबाट बन्चित भएका छन् ।
अपाङ्ग मैत्री भवन निर्माण नहुँदा समस्या भोगेका केहि पात्रहरुको भनाई जस्ताको तस्तै :
छाँयानाथ रारा नगरपालिका – १३ का धनसिंह कामी उनी उमेरको हिसाबले ४० बर्ष पुगिसकेका छन् शारीरिक अपाङ्गगताको कारण आफ्नो शरिर बैसागीको भरमा चलाउनु पर्ने बताउछन् । नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई गाडीको सिट र सेवालिने स्थानको कुनै पनि भौतिक वातावरण अपाङ्ग मैत्री हुनु पर्ने भए ता पनि आफुले सेवालिने कुनै ठाँउमा आफुलाई सजिलो नभएको बताउछन् । आफ्नो गाउँ लुममा भएको स्वास्थ चौकिमा जान पनि आफुलाई गार्हो हुने र छाँयानाथ रारा नगरपालिकाले चलाउने गरेको नगर बसमा अपाङ्गता भएका व्यक्तिको लागि सिट सिमित भनीए तापनि अहिलेसम्म अपाङ्ग सिट त के आफुले बसमै बस्ने अवसर सम्म नपाएको गुनासो गरे ।
अर्का पात्र सोरु गाउँपालिका – ९ कालैका मनिचन्द्र चौलागाईंलाई राष्ट्रिय वाणिज्य बैंकमा भेट्दा उनलाई केही कुरा सोध्ने अवसर मिलेको थियो । उनि शारीरिक अपाङ्गता भएका व्यक्ति हुन उनलाई कुनै पनि घरको तला चड्दा तल माथी गर्न आफुलाई धेरै गाह्रो हुने बताएका थिए । मुगुको रा.वा बैंक घरको तीन तला माथी भएको र आफू शरीरमा अशक्त भएको कारण तल माथी गर्न धेरै गाह्रो भएको बताए । मुगुमा भएका सबै बैंकको अवस्था यही हो सबै बैंकहरु प्रायः तीन चर तला माथीनै राखेर सेवा दिने गरेका छन् अपाङ्गगता, वृद्ध आमा बुबा र गर्भवती भएका महिलाहरूका लागी तल माथी गर्न जोखिम पुर्ण हुने गरेको छ ।
छाँयानाथ रारा नगरपालिका – ११ कि रिठु बुढा उनलाई नगरपालिकामा काम पर्दा त्यहाँ नगरपालिकाको भवनको बिसयमा जान आउन कतिको सजिलो छ सेवा लिन जाँदा भनेर सोध्दा आफू गर्भवती भएको र नगर पालिकामा काम भएको बेला जाँदा आफुलाई नगर पालिकाको भवनको तलमाथि आउन र जान गाह्रो हुने गरेको बताइन् आफुलाई मात्र नभएर नगरमा काम पर्दा जाने गर्भवती महिला , साना बालबालिका , वृद्ध आमा बुवा र अपाङ्गगता भएका व्यक्तिहरुका लागी मैत्रीपुर्ण नभएकाले सेवा लिनलाई आउन जान भर्याङको भरमा तल माथी गर्नु पर्ने भएको कारण गाह्रो हुने बताएकि थिइन् ।
कतिपय ठाँउमा अपाङ्ग मैत्री भवन निर्माण नभएर अपाङ्गता भएका मानिसहरुलाई सेवा लिन समस्या भएको छ भने अझ बढी भौगोलिक विकटताको कारण बाटोको समस्याले झन समस्या माथी समस्या थपिएको सोरु गाउँपालिका – ९ कि जुनतारा योगिले बताइन् ।
मुगु जिल्लामा अपाङ्गता भएका व्यक्तिहरिको बिचमा काम गरिरहेका गैरसरकारी संस्थाहरु मध्ये पछिल्लो चरणमा भने मनुनाको लागि कोर ग्रुपको आर्थिक सहयोगमा कर्णाली ग्रामीण उत्थान तथा समाज बिकास केन्द्र (सीडीएस पार्क) मुगुको सहिजीकरणमा वृहत अपाङ्गता स्वास्थ्य कार्यक्रम मार्फत सीडीएस पार्कले सुर्खेतको (वीरेन्द्रनगर अस्पताल र धारापानी आधारभूत सेवा स्वास्थ्य केन्द्र), र मुगु जिल्लाको ( जिल्ला अस्पताल र ढुङ्गेधारा Elsewhere चौकी) मा चारवटा अपाङ्गमैत्री नमूना स्वास्थ्य संस्थाको निर्माण गरिरहेको, सूचनाको सहुँच बढाउनका लागि अपाङ्ग मैत्री डिजिटल मोबाइल एप , वेबसाइट पनि सुरु गरेको छ र अपाङ्गता भएका व्यक्तिहरुका लागी प्रजनन् स्वास्थ्य शिविर पनि गरिरहेको (सिडिएस-पार्क)मुगुका कार्यकारी निर्देशक अज बहादुर शाहीले बताए ।