नुवाकोटमा नेपाली कांग्रेसको मसाल जुलुस

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक निर्णय अर्थात संसद विघटनको विरोधमा विभिन्न ठाउँहरुमा नाराजुलुस तथा विरोध कार्यक्रमहरु भईरहेका छन्।
त्यस्तै प्रधानमन्त्री केपी शार्मा ओलीले गरेको संसद बिघटनको बेलामा नुवाकोटको बट्टार बजारमा पनि आइतबार साँझ मसाल जुलुस निकालेको छ।
नेपाली कांग्रेस तथा सबै भाती संस्थाहरुको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको नेबिसंघ नुवाकोटका विद्यार्थी नेता कृष्ण मिश्रले जानकारी दिए।
जुलुसमा सहभागीले संसद विघटन विरुद्ध नारा लगाउँदै निर्णय सच्याउन आव्हान गरेका छन्।
जुलुस निरुत्साहित गर्न बट्टार चोकमा प्रहरीको परिचालन गरिएपनि युवा विद्यार्थीको होली उल्लेखय उपस्थिति रहेकोले प्रहरीले जुलुस भने नियन्त्रण लिन सकेको थिएन ।
पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । https://youtu.be/KR9xNwDElos