प्रचण्ड -माधव समुहले गरेकाे आम हड्ताल।। कर्णाली24

माघ २२,२०७७, प्रचण्ड माधव नेपाल पक्षले गरेको आमहड्ताल देशव्यापीरुपमा भइरहेको छ। यसै अन्तर्गत बाँकेको कोहलपुरमा बिहानदेखि आमहडतालको कारण यातायात, व्यापार -व्यवसाय तथा आवत-जावत ठप्प रहेको छ। यातायात साधन बन्द भएको कारण विशेषगरी भारतबाट आफ्नो घर नेपाल फर्केका जुम्ला ,मुगु, दैलेख, सुर्खेत र कालिकोटका यात्रुहरु मारमा परेका छन्। प्रचण्ड माधव पक्षले आज गरेको आमहडतालको जानकारी नै नपाएको यात्रुहरु बताउँछन्।
आकस्मिक सेवाा- सवारीसाधनहरु बाहेक अरु सबैखाले सवारीसाधनहरु चल्न दिएका छैनन्। व्यापार -व्यवसाय ,यातायात यात्रुहरु पनि बन्दले गर्दा परेको असर सँग असन्तुष्ट व्यक्त गरेका छन्।
आमहडताललाई सफल पार्नलाई आज बिहानदेखि प्रचण्ड- माधव नेपालका कार्यकर्ताहरु कोहलपुर चौराहामा धर्ना दिइरहेका छन्। त्यसैगरी सुरक्षाको लागि प्रहरीहरु पनि बाक्लै रुपमा उपस्थिति भएको छ।