क्यानडा पठाउने भन्दै पैसा ठगेको आराेपमा पक्राउ

हरि बि.क , बर्दिया। क्यानडा पठाउने भन्दै पैसा उठाएर भाग्ने पक्राऊ परेकाे छ ।
१५ देखि १८ लाखमै ४ महिनाभित्र क्यानडा उडाइदिने प्रलोभन देखाउँदै पैसा उठाएर फरार भएका घोराही–६, दाङ्गका जित बहादुर केसीलाई पिडितहरुले काठमाण्डौ बाट पक्राऊ गरेका छन् ।

उनले बर्दिया गुलरियाको सुहेलुवामा डेरामा बसेर स्थानिय मानिसहरुलाई भारतको बाटोबाट क्यानडा उडाउने भन्दै प्रतिव्यक्ति १ लाख रुपिया सँकलन गरेका थिए । पैसा संकलन गरेर अकस्मात सँपर्क विहिन बनेका उनलाई पिडितहरुले काठमाण्डौंबाट यही भदौ २ गते पक्राऊ गरि बर्दिया ल्याएका थिए ।

पिडितहरुको आक्रोसका विच जित बहादुरले आफूलाई भारतका ती दलालहरुले ठगेको र अब क्यानडा पठाउने कुनै उपाय नरहेको बताए । भारतिय ठगहरुले आफूलाई फकाएर २० लाख रुपिया लिइसकेकाले तत्कालै पिडितहरुको पैसा फिर्ता गर्ने अवस्था नरहेको बताए ।

उजुरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय बर्दियामा जादा प्रहरीले यस्तो मुद्धा प्रहरीले नहेर्ने भन्दै उजुरी नै दर्ता गर्न नमानेको कुरा पिडितले नाम नबताउने शर्तमा जानकारी दिए । ऋण र सापटी लिएर बुझाएको पैसा कसरी फिर्ता आउने हो भन्ने कुराको अन्यौलता रहदा पिडितहरु निरास भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button