‘मौलिक गीत संगीतलाई प्राथमिकता दिनुपर्छ’-कार्यबाहक मेयर संगीता सुवेदि

कोहलपुर,  मौलिक कला हाम्रो दायित्व र संस्कार, ऎतिहासिक हाम्रो पहिचान भन्ने मुल नाराका साथ मंगलबारदेखि कोहलपुरमा सुरु भएको तीज विशेष सांस्कृतिक कार्यक्रम-२०८१ मा कोहलपुर नगरपालिकाका कार्यबाहक मेयर संगीता सुवेदीले यस्तो बताएकी हुन् ।

उनले, हाम्रो आमाको बालापनको उमेरताका गाइने, बज्ने गर्ने गरेका जस्ता गीत, संगीत बिस्तारै हराउँदै जान लागेकोमा चिन्ता व्यक्त गरिन । दियालो परिवारले विगतका दिनदेखि कला, गीत, संगीतको संरक्षणमा लाग्दै आएकोमा आगामी दिनमा लाग्ने कुरामा आफ विश्वस्त भएको बताइन् ।

कार्यक्रमका अतिथि कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्र कुमार शाह, वडा नम्बर ८ का वडाअध्यक्ष लालबहादुर रानाले यस्ता कार्यक्रमले मौलिक रचना लगायतलाई जोड्न सकिने र घुम्न, रमाइलो गर्ने कहाँ जाउँ भन्ने कुराको विकल्प हुने बताए ।

कार्यक्रमका विशिष्ट अतिथी, उद्यमी, युवा नेतृ अन्जना पाण्डेले पछिल्लो समय होटेल, रेस्टुरेन्टमा केन्द्रीत हुँदै आएको तीजलाई कलाकारहरुको प्रस्तुतिले मौलिक गीत संगीत लगायतलाई जोड्ने अभियान चालेकोमा खुशी व्यक्त गरिन् । उनले अब तीजको प्रस्तुतिलाई एकै ठाउँ सबैसँग रमेर नाँच्न, गाउन सकिने बताइन् ।

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका अध्यक्ष हेमविक्रम जि.सी., नेपाल घरबहाल उपभोक्ता मंच बाँकेका अध्यक्ष राधा गौतम, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराई, शिक्षाप्रेमी विष्णु बेल्बासे, राजनीतिकर्मी उर्मिला अधिकारी पाण्डे, पूर्णकला भण्डारी, पिंकी शाह, ओमप्रकाश चापागाईं, लक्ष्मण कुँवर लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको पहिलो दिन चर्चीत गायक संदीप न्यौपानेले आफ्ना गीतहरुले दर्शकहरूलाई उत्साहित बनाउँदै मनोरञ्जन दिएका थिए । दियालो परिवारका अध्यक्ष भावना पाठलले दियालोको अभियान भनेकै कला, संस्कृतिलाई बिस्तारै जोगाउँदै पहिलेकै अवस्था फर्काउन सकिन्छ भनेर आफुहरू लागेको बताइन् । पहिलो दिनको कार्यक्रम चर्चित उद्घोषक कल्पना कार्कीले गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button