बुद्ध धर्मलम्बी तामाङ समुदायले ल्हाेसार भव्य साथ मनाए।

माघ ३०,२०७७, नुवाकोट, तामङ समुदायले माघ शुल्कका दिन मनाउने चाड साेनाम ल्हाेसार अर्थत नयाँ वर्ष पर्व आज विविध सांस्कृतिक कार्यक्रम गरी मनाइयो। मन्जुश्री पात्रो अनुसार आज देखि २८५७ ओेैं वर्ष सुरु हुन्छ। आज देखि मुसा वर्ष पुरा गरी गाई वर्ष प्रवेश हुन्छ।
मुसा गाई,बाघ, खरायो , ड्रागन मेघ, सर्प ,घाेेेेडा, बाँदर,चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा साेनाम ल्हाेेेेेसा विभाजन छन्। बागमती प्रदेशका विभिन्न तामाङ समुदाय रहेको जिल्लाहरुमा यो पर्व विशेष रूपमा मनाइन्छ। शुभकामना आjदान-प्रदान तामाङ समुदायको वेशभूषा सहित नाचहरु का साथमा यो पर्व मनाउने चलन रहिआएको छ।
यसैबीच विदुर नगरपालिका ९ ,काेलनिकाे थी्डि क्लबको प्राङ्गणमा प्रमुख अतिथि राधिका तामाङ, तरुण दलको जिल्ला अध्यक्ष सिंग राज तामाङ ,जनता पार्टीको केन्द्रीय सदस्य डा. भिम तामाङ , विदुर नगरपालिकाको मेयर सन्जु पण्डितकाे अतिथ्यमा धुमधामसँग ल्हाेसार मनाए।