आफूलाई पढाउने गुरुलाई घर उपहार।

२०७७, ६ गते बिहीबार, जय राम आचार्य,                    चितवनमा सरस्वती पुजाको दिन कलाकार राजेश हमाल, गायक गायिका मिलन लामा टिकासानु र मनोज महाेेत लगायतका गीतहरू र नाचले ठूलो उत्सवको माहााेल र हलचल छाएको थियो। चितवन खैरेनिको कंकाली मावि अगाडि शिक्षिक पशुपति कर्णको घरमा सरस्वती पुजाको दिन यो उत्सव कंकाली स्कुल पूर्व विद्यार्थीहरुले आफ्ना गुरु पशुपति कर्णलाई घर उपहार टक्र्याउन यस्तो महल बनाएको थियाेे। सिराहामा जन्मेको र चितवनमा २०२८ सालमा शिक्षक बनेर आएको थियो।                                                                                                      घर बनाउने अभियानकर्ता पूर्वविद्यार्थी कारी महाेेत अहिले कंकाली मावि कै शिक्षक हुन् । उनी भन्छन् “७ कक्षामा मेराे बीचमा पढाई छुटेको थियो पशुपति कर्ण सरले नै पढ्न प्रेरणा दिनुभयो र फेरि मैले मेरो पढाइलाई सुरु गरेंं”।  कर्ण सरले यही स्कुलमा आफ्नो सारा जीवन बिताउनुभयो यहाँका धेरै बालबालिकाहरुलाई अक्षर चिनाउनुभयो। सरको इच्छा जीवनका अन्तिम क्षणसम्म आफुले पढेको स्कुल हेर्दै जीवन बिताउने।

श्रीमतीलाई क्यान्सरको उपचार गराउनुपर्ने भएकोले घर बनाउने खर्च कर्णसँग भएन। कर्ण सरकाे घर बनाइदिने अभियानमा पूर्व विद्यार्थीहरु एकजुट भए र दुई पाखे जस्ताले छाएको चारकोठे घर र घरमा विभिन्न सामन राख्न करिब २३ लाख रुपैयाँ खर्च गरी गुरुदक्षिणा स्वरुप विद्यार्थीहरुले उपहार दिए।

कर्ण भन्छन् “अब आफ्नो अन्तिम इच्छा यहि घरमा जीवन बिताउने र मृत्युपछि विद्यार्थीहरु माझ देवघाट अन्तिम संस्कार होस् भन्ने रहेको सुनाए”।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button