भगिरथी हत्या प्रकरणकाे आराेपित पक्राउ।

जय राम आचार्य,                                                       भगिरथ भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । पक्राउ पर्ने व्यक्ति सनातन माविमै अध्ययनरत विद्यार्थी हुन् । उनी सङै पढ्ने साथी मात्र नभयर भागरथीका छिमेकी समेत हुन। प्रहरिले उनलाई बुधबार सार्वजनिक गरेको छ । प्रहरी स्रोतका अनुसार ती विद्यार्थीले प्रहरी समक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन् ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो । वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको हो ।

प्रहरी को यो ठूलो सफलता हो। निर्मला को हत्या भयको यति लामो समय सम्म पनि पत्ता नलग्दा भगिरथी को ह्त्या र बलात्कार को यस घट्ना मा जनताको आशा मरिसकेको थियोे । तर यति छिटो भगिरथी को हत्यरा प्रकाउ पर्नु प्रहरिको ठुलो सफलता हो। अब जनता को आशा प्रहरी प्रति बडेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button