नेपालगन्ज देखि पाेखरा हवाई सेवा सुरु

फाल्गगुन ७, जय राम आचार्य, बाट पोखरा हवाई सेवा शुक्रबार दिउँसोदेखि सुरु हुने भएको छ ।
नाट्टा बाँके च्याप्टर र गण्डकी प्रदेश नाट्टाको पहलमा नेपालगन्ज देखी पोखरा र पोखरा देखी नेपालगन्ज चार्टर उडान हुन लागेको हो ।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले कोरोनापछि सबैभन्दा बडि पर्यटन क्षेत्र मारमा परेको छ र पर्यटन छेत्रको प्रवद्र्धनका लागि चार्टर उडान सुरु गर्न लागेको बताए ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणाको नेतृत्वमा बाँके र बर्दियाका पर्यटन व्यवसायी लगायतको १८ सदस्यीय टोली शुक्रबार पोखरा प्रस्थान गर्ने र त्यत्तिकै संख्यामा पोखराका पर्यटन व्यवसायीहरु नेपालगन्ज आउनेछन् । पोखराका पर्यटन व्यवसायीहरुले आयर बाँके र बर्दियाका पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्नेछन् । लामो समयदेखि बाँकेका पर्यटन व्यवसायीले नेपाल सरकारसँग नेपालगन्ज पोखरा उडानको व्यवस्था गर्न दवाब दिँदै आएका छन् ।
पर्यटन क्षेत्रको विकासका लागि नेपालगन्ज पोखरा उडान निकै फलदायी हुने बताउँदै पर्यटन प्रबद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले हरेक हप्तामा दुई वटा उडानको तयारी भएको बताउँछन् । नेपालगन्ज नाकाबाट पोखरा जान चाहने भारतीय पर्यटकहरुलाई यो उडानले धेरै सजिलो हुनेछ। अहिले सम्म भारतिय पर्यटक काठमाडौं पुगेर पोखरा गइरहेका छन् ।