नुवाकोटमा काङ्ग्रेसको शिर्ष नेताहरु।।

फाल्गुन ७, नुवाकोट , नेपाली काङ्ग्रेसको शिर्ष नेताहरु वर्तमान परिपेक्षमा काङ्ग्रेसको भुमिका र आगामी दिनहरुमा नेपाली काङ्ग्रेसको याेजनाहरु बताउन नुवाकोटकाे विदुर आईपुगे। शिर्ष नेताहरू काङ्ग्रेस सभापति शेर बहादुर देउवा , डा. राम शरण महत, अर्जुननरसिंह, गगन थापा लगाएका नेताहरूले सभालाई सम्बाेधन गरे।
काङ्ग्रेसले माओवादी संग मिलेर विगतमा धाेकापायाे त्यसकारण अब आउंदाे चुनावमा कांग्रेस एक्लै चुनाब लडेर जित्ने छौं। गगन थापाले भने।
त्यसैगरी डाक्टर रामशरण महतले पनि कम्युनिष्टहरु विश्वमै लोप भइसकेका छन् यदा-कदा कुनैकुनै राष्ट्रहरुमा मात्रै कम्युनिष्टहरु छन्। विश्वमा प्रजातान्त्रिक पद्धति maa विश्वास गर्छन्। विगतमा नेपाली कांग्रेसले शेरबहादुर देउवा ले पनि संसद विघटन गरेका थिए । एमालेका मनमोहन अधिकारीले पनि संसद् विगठन गरेका थिए भनेर अहिले भएको केपी शर्मा ओली गरेको संसद विघटन पनि कानुनसम्मत छन् भन्ने भ्रम परेको छ। त्यतिबेलाको संविधानको संविधानमा संसद विघटन गर्न पाउने उनले गरेको थियो तर अहिले नयाँ संविधानमा संसद विघटन गर्न नपाउने अधिकार प्रधानमन्त्रीलाई छैन। कम्युनिस्टहरूको आन्तरिक बन्दको देशलाई नै अन्धकारतिर धकेल्ने प्रयास अहिलेको ओली सरकारले गरेको छ।
प्रमुख अतिथि भएर कार्यक्रममा जनसभालाई सम्बोधन गर्न आइपुगेका कंग्रेस सभापति शेरबहादुर देउवाले अब चुनावको लागि तयारी गर्नलाई आफ्नो कार्यकर्ताहरुलाई हौस्याए।
पुरा भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्।