कम्पनीमा अचानक ग्यास विस्फोट हुँदा एक नेपालीको मृत्यु

2077/11/08 , नबिन बि.क.
दक्षिण कोरियालाई नेपालबाट एउटा आकर्षक रूपमा रहेको कामदार स्थल मानिन्छ
केही समययता दक्षिण कोरिया वैदेशिक रोजगारको निम्ति नेपाली युवाहरूको गन्तव्यस्थल बनेको छ।
त्यसकै निम्ति धेरैजसो नेपाली युवाहरु वर्षेनी eps पर्णाली पास गरी कोरिया जाने गर्दछन्।
विभिन्न समयमा दक्षिण कोरियाबाट खुसीको खबर तथा दुखिको खबर दुबई आउने गर्दछन्।
त्यसैक्रममा कोरियाको छनानको एक concrete प्यानल कम्पनीमा गत महिनाको जनावरी 5 तारिखमा कम्पनीमा काम गर्नेक्रममा अचानक ग्यास विस्फोट हुँदा
नेपालका सर्लाही घर भएका शुभराज काडरिया घाइते भएका थिए।
उनको स्वास्थ्य अवस्था खराब भएपछि उनलाई तत्काल अस्पतालमा उपचार गर्न लगिएको र एक महिनाजति भेन्टिलेटरमा राखेर उपचार गरिएको र यही फेब्रुअरी ४ तारिखमा उनको उपचारको क्रममा मृत्यु भएको छ।
उनको शवलाई Asiana airlines मार्फत हिजो नेपालले लिएको थियो।