नेताहरूको पद र व्यक्तिगत स्वार्थले देशको भविस्य भने अन्धकार तर्फ धकलिएको छ ।

नेताहरूको पद र व्यक्तिगत स्वार्थले देशको भविस्य भने अन्धकार तर्फ धकलिएको छ ।
आर के श्रेष्ठ , चितवन , केपी वलिले राष्ट्रपतिको सिफारिसमा पुस ५ गते गरेको संसद विघटनको मुदालाई सर्बोच्च अदालतको संवैधानिक इजलासको फैसलाले फागुन ११ गते बदर गरे लगत्तै चितवनमा पनि दाहाल नेपालका समुहले विजय जूलूस भनी मनाए । १२ गते बिरोध कार्यक्रम राख्दै गर्दा उनिहरुको भाषामा कार्यक्रम विजय सभामा परिणत भएको थियो । कार्यक्रमको लागी भरतपुर नारायणगढका स्कुल कलेजहरुको गेट अघाडी सिटि बस गाडीहरु तेर्साएर विद्यार्थीहरुलाई कार्यक्रममा लगे ।
माघ १७ गते भरतपुरको बसपार्कमा नेकपा वलि पक्ष धरका प्रम केपी वलि, प्रभु साह, रामबहादुर थापा लगायत केन्द्रीय नेताहरुले दाहाल नेपाल पक्षधरका जनप्रतिनिधि र नेताहरुलाई खिल्ली उडाएर गएका थिए । त्यसै स्थानमा राखिएको बिजय सभा कार्यक्रममा दाहाल नेपाल समुहका सुरेन्द्र पाण्डे, नारायण दाहाल लगायतले पनि वलि पक्षधरकालाई खिल्ली उडाउने जमर्को गरेका थिए । खासमा त्यो कार्यक्रम मान्छेको भिड देखाउने र बदलाको हिसाबमा भएको भनी सचेत नागरिकलाई बुझ्न गाह्रो थिएन । हिजो भरतपुरमा आएर वलिले तपाइहरुको मेयर कार्यक्रममा नआएर पिकनिक खान गएको होला भन्ने कुराको जबाफमा मेयर रेणु दाहालले आफू जनताको काम गर्नमै फुर्सद नभएको हास्यस्पद जबाफ फर्काएका थिए ।
संसद विघटन देखि संसद पुनःस्थापना सम्मको घट्नालाई नियाल्ने हो भने वलि, दाहाल र नेपालको आरोप प्रत्यारोपको नेकपा भित्रको घर झगडा भन्दा जनताले अरु केही बुझ्न पाएन । अत वलि र दाहालको उक्साहटमा कार्यकर्ताहरु एकआपसमा कुटाकुट सम्म भए । जनताले सास्ती खेपे र त्रसित हुनु परे । अझ भन्नू पर्दा यो अवधिले समाज परिवर्तनको महत्त्वपूर्ण घडीमा राजनैतिक आचरण र सिद्धान्त माथी चोट पुर्याएर गएको छ । एक आपसमा भिडका भिड जनता भेला गरेका छन । नानाथरी, मनपर्दी असभ्य गालिगलौज यिनिहरुले बोलेका छन ।
कार्यक्रममा उपस्थित गराइएका भर्खरका युवा, विद्यार्थीहरुमा राजनैतिक शिक्षा, राजनैतिक दृस्ठिकोण, सिद्धान्त र विचारका कुराहरू भन्दा पनि अराजक भिडभाड, असभ्य र उक्साहट भाषाहरुले नराम्रो प्रभाव अवस्य नै पर्नेछ । नेताहरू पद र व्यक्तिगत स्वार्थको निम्ति लागि पर्दा देशको भविस्य भने अन्धकार तर्फ धकलिएको छ ।