नवाकाेटमा आयोजित जिल्ला स्तरीय तेक्वादो प्रतियोगिता सुरुभएको छ ।

फाल्गुन १५ गते, नवाकाेटमा आयोजित जिल्ला स्तरीय तेक्वादो प्रतियोगिता सुरुभएको छ ।
विभिन्न तौल सुमुहका ३०० भन्दा बढी खेलाडीले भाग लिने यस प्रतियोगिता विदुर नगरपालिकाका उपप्रमुख गीत कुमारीद्वारा शनिबार उद्घाटन भएको छ।
प्रतियोगितामा नगरपालिकाका उपप्रमुख गीत कुमारी दलले खेलकुद विकासमा लागि नगरपालिकाले पुर्वाधार विकास देखि खेलकुद प्रतियोगिताहरुलाई विशेष योजना नै बनाएर अगाडी बढेको बताएका थिए ।
नेपाल तेक्वान्दो संघ नुवाकोट का अध्यक्ष सुमन अधिकारीकाे सभापतित्वमा भएको उद्घाटन सत्रमा विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
तेक्वान्दो खेलको विकासलाई टेवा पुर्याउने उद्धेश्य अनुसार आयोजित प्रतियोगिता फाल्गुन १६ गते सम्म चल्ने छ ।