प्रदर्शनकारीमाथि प्रहरीले फेरि चलायो गोली, २ जनाको मृत्यु, दर्जनौं घाइते

म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले फेरि चलायो गोली, २ जनाको मृत्यु, दर्जनौं घाइते

सैनिक शासनविरूद्ध प्रदर्शन गरिरहेका नागरिकमाथि म्यानमारमा प्रहरीले गोली चलाएको छ ।

आइतबार प्रहरीले आन्दोलनकारीमाथि चलाएको गोली लागेर कम्तिमा दुई जनाको मृत्यु भएको र अरू दर्जनौं घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यंगुनका विभिन्न स्थानमा अश्रु ग्यास प्रहार गर्दा पनि भीड तितरबितर नभएपछि प्रहरीले गोली चलाएको समाचारमा जनाइएको छ ।
सीएनएनका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

फेब्रुअरी १ मा भएको सैनिक कूको विरोधमा काम छोडेका चिकित्सकहरू आन्दोलनकारी घाइते भएपछि उनीहरूको उपचार गर्न इमरजेन्सी वार्डमा गएका छन् ।

प्रहरीले देशका अन्य भागमा पनि आन्दोलन दबाउन गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसअघि नै प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

प्रजातान्त्रिक तरिकाले चुनिएका आङसाङ सुकी लगायतका नेतालाई हटाएर शासन हातमा लिएको सेनाले प्रजातन्त्रको पक्षमा आन्दोलनहरु हुन थालेसँगै हिंश्रक कारबाहीलाई अगाडि बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button