प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मारिन सक्ने खतरा रहेको दाबी गर्नुभएको।

कर्णाली 24, १७ फागुन २०७७ पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मारिन सक्ने खतरा रहेको दाबी गर्नुभएको छ । उहाँले आफ्नो ज्यान गएपनि आन्दोलन नमर्नेसमेत बताउनुभयो।

पार्टीका कार्यकर्तालाई पोखरामा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले आफुमाथि सम्पूर्ण प्रहार केन्द्रित भइरहेको भन्दै ज्यान नै तलमाथि हुन सक्ने बताउनुभयो । सरकारका विकासका काम देखेर विरोधी आत्तिएको र आफूमाथि प्रहार गरिरहेको प्रधानमन्त्रीको दाबी छ । तर यस्तो आक्रमण कसले गरिरहेको छ भनेर प्रधानमन्त्रीले स्पष्ट पार्नुभएन ।

प्रधानमन्त्री ओलीले आफू नरहे पनि पार्टीको भविष्य अन्धकारमा जान नदिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले प्रचण्ड–नेपाल समूहतिर लक्षित गर्दै आफूहरु अहिले अपराधिक तत्वसँग लडिरहेको समेत बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button