बर्दियामा फेरि खायो बाघले मान्छे।

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको नवरंग बाँझपुर सामुदायिक वनमा गाई,भैंसी चराउन गएका एक व्यक्तिको बाघको आक्रमणमा परी ज्यान गएको छ ।
सोमबार दिउँसो २ बजेतिर बाघले आक्रमण गर्दा राजापुर नगरपालिका-१० कालाबन्जरका ६२ वर्षीय लालबहादुर चौधरीको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत असीम थापाले बताए ।
उनीसँगै गएका अन्य गोठालले भागेर निकुञ्जलाई जानकारी गराएका थिए । निकुञ्जबाट हात्तीसहित सुरक्षाकर्मीको टोलीले खोज तलाश गर्दा साँझ ६ बजे झाडीमा मृत अवस्था चौधरी फेला परेका थिए ।