बसले बाईक,साईकल र पैदल यात्रीलाई ठक्कर दिँदा एकको मृत्यु।

कर्णाली 24 बांके, कोहलपुर नगरपालिका- ३ किरण नालामा सडक दुर्घटना हुँदा बाईक चालक बिरेन्जन शाहीको मृत्यु भएको छ।
पश्चिम तर्फ गइरहेको भे १ ख २२३९ नम्बरको बसले मदन चोकबाट कोहलपुर आइरहेको भे १० प ५६१ नम्बरको बाईकलाई ठक्कर दिँदा बाईक चालक को मृत्यु भएको हो।
भे १ ख २२३९ नम्बरको बसले बाहेकलाई ठक्कर दिँनुको साथै साइकल यात्री प्रतिभा आचार्य,१९ वर्षे पैदलयात्री प्रकाश महरालाई समेत ठक्कर दिई घाइते बनाएको हो।
कोहलपुर इलाका प्रहरी को अनुसार साइकल यात्री प्रतिभा अचार्य पनि गम्भीर घाइते छन्।
भिडियो हेर्नुहोस