एन.सि.एफ नेपालको अधिवेशनमा जे देखियो

धरान, चैत्र २८ बिहिवार
राष्ट्रिय मण्डली सङ्गती ( एन.सि.एफ ) नेपाल को महिला तथा युवा आयोगको केन्द्रिय अधिवेशन धरानमा सम्पन्न भयो ।

अधिवेशनको सुरुवाती क्रममै विभिन्न पक्षधरहरु बाट विवादित बन्दै गरेको उक्त अधिवेशन अहिले स्थायित्वको नाममा एकाधिकारको आरोप लागेको कार्यक्रममा उपस्थित केही युवाहरूले बताउन्छन ।

नेपाली ईसाई मण्डलीहरुको छाता संगठन नेपाल राष्ट्रिय मण्डली संगति(एन सि एफ) का नेपालको युवा तथा महिला बिभागको केन्द्रिय पदाधिकारीहरुको छनौट एक भब्य कार्यक्रमको बिच धरान -१५ कस्तुरी मार्ग स्थित इमानुयल कृपा मण्डलीमा सम्पन्न भएको छ । उक्त अधिवेशन निर्वाचन आयुक्त तथा केन्द्रिय उपाध्यक्ष रेभ.पास्टर वीर बहादुर (B.B.)कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो।

राष्ट्रिय मण्डली संगती (एन.सि.एफ ) नेपाल स्थापना कालदेखि नै बिश्वासका हस्ती पुर्खाहरुले प्रार्थना सहित मण्डलीहरूको एकता, संगती र सहकार्यलाई आत्मिक जगमा आधारित रहेर अघि बढाउने उद्देश्यका साथ स्थापना गरिएको थियो।

उक्त संस्थाको मूल दर्शन “शान्तिको बन्धनमा आत्माको एकतालाई जोगाइरहनू” भन्ने बाईबलिय पद एफिसी ४:३ मा आधारित छ, जुन आत्मिक एकता, पारस्परिक सम्मान र मेलमिलापको जीवन्त सन्देश हो। यद्यपि पछिल्लो समय अधिवेशनहरूको सञ्चालन तरिका, नेतृत्व चयन प्रक्रिया, र आन्तरिक संरचनाले सो पदको मर्म विपरित गइरहेको आरोपहरू उठिरहेका छन्।

बिधान त छ, तर कार्यविधि अस्पष्ट

संस्थाको पुरानो बिधान अझै लागू भए पनि कार्यसमिति गठन, अधिवेशन सञ्चालन, वा प्रतिनिधि छनोट जस्ता विषयमा कुनै स्पष्ट नीति र प्रक्रिया नहुनुले संस्थाभित्रको व्यवस्थापनलाई मनोमानी ढंगले सञ्चालन गर्न सहज बनाएको छ। केही प्रभावशाली व्यक्तिहरू आन्तरिक नियमहरू आफ्नै अनुकूल बनाउने र लागू गराउने कार्यमा संलग्न भएको भन्दै युवाहरू र वरिष्ठ पास्टरहरूले आपत्ति जनाएका छन्।

महिला र युवा विभाग बिना बिधान सञ्चालन

महिला तथा युवा विभागहरू महत्वपूर्ण भूमिकामा रहेका भए पनि ती विभागहरूको लागि कुनै आधिकारिक बिधान नहुनु गम्भीर कमजोरीको विषय भएको युवाहरू बताउँछन्। अधिवेशन कुन आधारमा आयोजना हुन्छ भन्ने स्पष्टता नहुनु, र नयाँ नेतृत्व चयन गर्दा आफ्नै पक्षको प्रतिनिधिलाई अगाडि ल्याउन गरिएको स्व-केंद्रित रणनीतिले निष्पक्षता गुमाएको छ।

युवाहरूमा गहिरो निराशा र विभाजनको खतरा

युवाहरूले स्वतन्त्र रूपमा नेतृत्व चयन गर्न नपाउँदा उनीहरूमा गहिरो निराशा उत्पन्न भएको छ। बारम्बार एउटै नेतृत्वलाई निरन्तरता दिन खोज्दा संस्थामा गुटबन्दी, पक्षपात र भावी नेतृत्वमा प्रतिस्पर्धाको सट्टा प्रतिशोधको भावना विकास भइरहेको छ। यो अवस्था एफिसी ४:३ को मर्म “आत्माको एकता राख्न शान्तिको बन्धनमा परिश्रम गर।” भन्ने शिक्षासँग पूर्णतया विरोधाभासी देखिएको छ।

प्रतिनिधि चयनमा चलखेल र हस्तक्षेप

प्रदेशबाट केन्द्रमा पठाइने प्रतिनिधिहरूको चयन प्रक्रिया स्पष्ट नभएको र त्यसमा शक्ति केन्द्रहरूको प्रत्यक्ष हस्तक्षेप हुँदा योग्य प्रतिनिधिहरू ओझेलमा परेका छन्। धेरै युवाहरूले प्रदेश समिति बहुमतको निर्णयविना व्यक्तिगत पहुँच र दबाबका आधारमा प्रतिनिधि सिफारिस गरिनु अत्यन्तै आपत्तिजनक भएको बताएका छन्।

नेतृत्व हस्तान्तरणमा देखिएको दोहोरो मापदण्ड

“नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्छौं” भन्ने सन्देश दिए पनि शक्ति केन्द्रमा बसेकाहरूको बोली र व्यवहारबीच देखिएको अन्तरले नयाँ पुस्तामा विश्वासको संकट उत्पन्न भएको छ। नाममात्रको अधिवेशन गरेर पहिले नै छनोट गरिएका प्रतिनिधिहरूलाई अनुमोदन मात्र गर्ने प्रवृत्तिले संस्थामा लोकतान्त्रिक अभ्यासको अभाव देखिएको छ।

निष्कर्ष

राष्ट्रिय मण्डली संगती जस्तो पवित्र संस्थामा नेतृत्व चयन, प्रतिनिधि छनोट र अधिवेशन सञ्चालनमा देखिएको अपारदर्शिता, एकाधिकार प्रवृत्ति र अनैतिक हस्तक्षेपले संस्थाको भविष्यलाई गम्भीर संकटतर्फ डोर्याइरहेको संकेत देखिन्छ। एफिसी ४:३ बाइबलीय खण्डको अर्थ विपरित गइरहेको यस संस्थागत प्रवृत्तिले यदि समयमै सुधार नगरेमा, आत्मिक एकता, सेवा र सहकार्यमा आधारित मुल मूल्य नै मक्किन सक्ने खतरा रहेको युवा तथा वरिष्ठ अगुवाहरूको साझा धारणा छ।

नव निर्वाचित एन.सि.एफ नेपालको महिला तथा युवा आयोगका नव निर्वाचित पदाधिकारीहरु।

नव निर्वाचित एन.सि.एफ नेपालको महिला आयोग ।

एन.सि एफ नेपालको विधान

नोट : उक्त समाचारको स्रोत नागरिक पत्रीका संग गोप्य रहेको छ । लेखकले आफ्ना विचारमा र सुझावको लागि अधिवेशनमा  जे देखेका थिए त्यही लेखेका हुन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button