दुर्गा प्रसाईं भारतमा पक्राउ, नेपाल ल्याईदै

गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको अनुरोधमा आसाम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको स्रोतले जानकारी दिएको छ ।

उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ । गत चैत १५ गतेको तीनकुने घटनामा पछि प्रसाईं सम्पर्कविहीन भएका थिए । उनले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू नेपालमै रहेको बताउँदै आएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button