सुम्निमा र पारुहाङको प्रतिमा तोडफोड

दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित पर्यटकीय मैस्याङडाँडामा रहेको सुम्निमा र पारुहाङको प्रतिमा तोडफोड भएको छ । शुक्रबार राति अज्ञात समूहले प्रतिमा तोडफोड गरेको हो ।

प्रतिमा आर्थिक वर्ष २०७८/७९ मा निर्माण गरिएको थियो । ‘उक्त ठाउँमा प्रदेश र स्थानीय सरकारको करिब ४५ लाख बजेटमा पर्यटन प्रवर्द्धनको पनि काम भइरहेको छ,’ वडाध्यक्ष मिलन राईले भने ।

प्रतिमा तोडफोड भएपछि प्रहरी प्रशासनलाई जानकारी गराएर दोषीको खोजी भइरहेको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । ‘राति प्रतिमा तोडफोड भएपछि सीडीओ र प्रहरीलाई जानकारी गराइएको छ,’ राईले भने, ‘प्रहरीले तोडफोडमा संलग्नलाई खोजी गरिरहेको खबर आएको छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button