इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी धर्मराज भण्डारीको सरुवा

कोहलपुर बाके /
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा संगै डिएसपी भण्डारीलाई मनाव बेचबिखन अनुसन्धान ब्यूरो पिलर १ नेपाल भारत र अंग तस्करीमा सरुवा गरीएको हो । भण्डारीको सरुवा भए लागत्तै इप्रका कोहलपुरमा डीएसपी लक्ष्मी खनाल आऊने भएकी छिन । ऊनी यस अघि  नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्ष नक्साल काठमांडोमा कार्यरत थिईन ।

बिहीबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले  केही जिल्ला, वृत्त र इलाका प्रहरीहरू समेत हेरफेर गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button