स्कुटी दुर्घटनाको भिडियो हटाउनु परिवारको अनुरोध

शुक्रबार दिउँसो साढे एक बजे भएको बोलेरोले स्कुटरलाई ठक्कर दिएपछि निधन भएका लक्ष्मी वाग्लेका परिवारले सामाजिक सञ्जालबाट भिडियो हटाईदिन अनुरोध गरेको छ । मृतका भाई सन्तोष कोईरालाले मृतकका आफन्ता, छोराछोरी विदेशमा रहेको र स्वदेश आउने क्रममा रहेकाले सो भिडियो हटाई दिन अनुरोध गर्नु भएको छ ।
हाम्रो परिवारका लागि अत्यन्त पीडादायी बनेको छ र यसले हाम्रो मानसिक अवस्था झनै कमजोर बनाइरहेको छ उहाँले भन्नुभयो मृत आत्माको सम्मान र परिवारको गोपनीयताको लागि सो भिडियो हटाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । यस्तो संवेदनशील सामग्रीको प्रसारणले हामीलाई थप आघात पुर्याएको उहाँले बताउनुभयो ।