जम्मु काश्मिर घटना बारे सुनाउँदै प्रत्येक्षदर्शी बुटवलका मृतक सुदिप काे ज्वाई

क्षितिज,चितवन/ भारतको जम्मु कश्मिरमा बुधबार भएको आतकंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेका ज्वाइँ युवराज काफ्लेले घटना भएको बेलाको त्रासदीबारे एक अन्तर्वार्तामा आँखाभरी आँसु बनाउँदै घटनाबारे यसरी वर्णन गरे।
एउटा आवाज आयाे फाईरिङ गरेकाे जस्तो आवज आयाे स्थानीयहरूले हामीलाई बाँदर धपाउनको निम्ति पड्काएको आवाज हो भनेर विश्वस्त तुल्याए । त्यसको दुई चार मिनेट भित्रै कम्पाउन्डको तीनतिरबाट करिब १० जना जति आतंककारीहरू भित्र आए । आतंकवादीहरू भित्र आउने बित्तिकै को हिन्दु हो को मुस्लिम हो एकातिर लाग भनेर कमान्ड गरे । त्यसको लगत्तै करिब २ मिनेटभित्र उनीहरूले फायरिङ गरिसकेका थिए हामीहरु चाहिँ अल्लाह-अल्लाह भनेर झुकेर बाँच्यो,
नत्र हामीहरूको पनि त्यस्तै हालत हुने थियौं र बाँच्ने थिएनौँ, थाहा छैन के हुन्थ्याे । दाइलाई चाहिँ के भयो थाहा भएन अगाडि नै देखेर होला गाेलि हानिहाल्यो ।
आतंककारीहरू त्यहाँबाट गएपछि दाइलाई हामीले हातमा उठाएर करिब ५०-६० मिटर टाढा गेटनिर ल्याएर छाड्याैँ । फेरि डबल फायरिङ भयो भने दाइको त त्यस्तो भइहाल्यो हामी सबैको नै त्यस्तो होला भनेर हामी त्यहाँबाट डरले ज्यान बचाउनको लागि भागेका हौँ। हामी त्यहाँबाट करिब ४० मिनेट जति तलतिर भागिसकेपछि मात्रै पुलिसहरु माथि जाने तयारी गर्दै थिए।
सामाजिक सञ्जालमा सुनेको जस्तो महिला एकातिर पुरुष एकातिर बनाएर कपडा खोलेको भन्ने चाहिँ झुटो हाे तर आतंककारीहरूले हिन्दु एकातिर आउ मुस्लिम एकातिर आउ चाहि भनेको हाे । यी सबै घटना करिब पाँच मिनेटभित्र उनीहरूले सकाइसकेको थियो। आतंककारीहरू सबैको अनुहारहरू छोपिएका थिए, चिन्न सक्ने अवस्थामा थिएन। पहिला हातमा गोली हाने र फेरि डबल सुट गरेर मेरो दाइलाई मारेको हो। जुन प्रकारले आतंककारीहरूले हामीमाथि आक्रमण गरेर हामीले आफ्नो दाइलाई गुमाउनु पर्यो हामीलाई उचित न्याय चाहिन्छ । अन्तर्राष्ट्रिय पर्यटकको हिसाबले पनि हामीलाई न्याय चाहिन्छ।