माैलाकालिका केवलकार शुल्क अपडेट सहित

नवलपरासी/ मौलाकालिका मन्दिर एक प्रसिद्ध माता कालिकाको हिन्दु मन्दिर हो जुन नेपालको नवलपरासी जिल्लाको गैंडाकोटमा अवस्थित छ।

यो मन्दिर मा १ हजार ८ सय ८२ खुड्किला चढेर पुग्न सकिन्छ। पैदलै हिँडेर यो मन्दिरमा करिब एक घण्टामा पुग्न सकिन्छ भने केबुलकारबाट करिब ७ देखि ८ मिनेट भित्र पुग्न सकिन्छ। दर्शनार्थीहरुकाे सुविधाको लागि याे केबुलकार वि.स २०८० बाट सन्चालनमा आएको हाे ।

१.५ अर्ब बजेट खर्च गरेर निर्माण सम्पन्न भएको याे कालिक केवलकारकाे ६ वटा टावरहरु छन् भने यात्रु बाेक्ने १२ वटा क्याबिन रहेको छ । १९ महिना लगाएर बनेकाे याे केवलकारमा आईएमी गु्पले लगानी गरेको हाे । याे केबुलकारको दूरी १२ सय मिटर रहेको छ। केबुलकार बाट नारायणी नदी, नारायणघाट- भरतपुर बजार माडी र देवघाट काे दृश्य अबलोकन गर्न पाइन्छ ।

याे केवुलकार चढ्न टिकटको लागि ६७० रुपैया लाग्दछ भने परिचयपत्र सहितका मिडियाकर्मी, ७० बर्ष पुगेका जेष्ठ नागरिककाे लागि नागरिकता सहित आएमा नि:शुल्क र विद्यार्थीहरुकाे लागि २५ प्रतिशत छुट रहेकाे इन्चार्ज भिम प्रसाद धितालले बताउनुभयो । त्यस्तै दैनिक रूपमा करिब १२०० पर्यटकहरूले केवुलकार चढिरहेकाे पनि उनले जानकारी गराए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button