अफ्ताव आलमलाई जेल बाट छुटाई छाड्ने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई।

रौतहट, १९ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नुभएको छ ।

जिल्लाको बागमती किनार छेउमा रहेको गढीमाई नगरपालिका–६ धर्मपुरस्थित श्री १०८ विष्णु महायज्ञको उद्घाटन गर्न रौतहट आउनुभएका सभापति देउवाले आलमलाई छुटाउन आफू लागिपरेको बताउनुभएको हो ।

। म उहाँलाई छुटाउन लागि रहने छु’, उहाँले भन्नुभयो, ‘अहिले अदालतको कुरा हो उहाँले धैर्य राखेर चिन्ता नलिई बस्नुभयो भने भोलिका दिनमा परिस्थिति बदलिन्छ । त्यसका लागि पनि उहाँलाई निर्धक्क साथ बस्नुहोला, भन्न चाहन्छु ।’

त्यस्तै, उहाँले आलमलाई छुटाउने प्रतिवद्धता गरिरहँदा कार्यक्रम स्थलमा तालीसमेत बजेको थियो । अर्को एक प्रसंगमा उहाँले आफू हिन्दू भएपनि सबै धर्मप्रति आस्था राख्ने बताउँदै नेपालमा सबै धर्म मान्नेहरु मिलेर शान्तिपूर्ण रुपमा बसेको उदाहरण दिनुभयो ।

  1. दर्जनौं व्यक्तिलाई इट्टाभट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका पूर्व मन्त्री एवं रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद अफताव आलमलाई रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । हाल उनी केन्द्रीय कारागार काठमाडौँमा रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button