प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाललाई पनि बोलाए बैठकमा।

२० फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनु भएको छ ।
बैठक फागुन २२ गते दिउँसो ३ बजे बोलाइएको ओली प्रक्षका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
नेकपा विभाजन पछि छुट्टिएका प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई पनि बोलाइएको छ ।
प्रतिनिधि सभाको बैठक फागुन २३ गते अपराहन्न ४ बजेलाई बोलाइएपछि त्यसको एक दिन अघि नेकपाको ओली पक्षले संसदीय दलको बैठक बोलाएको हो ।