लकडाउन अबधिभरको मासिक शुल्क विद्यालयले एकमुष्ठ मागेपछि पठनपाठन ठप्प ।।

कर्णाली 24, आर के श्रेष्ठ , चितवन, नारायणगढ स्थित श्री आदिकवि भानुभक्त मावीमा हप्ता दिन देखी शैक्षिक किचलो भएको छ । लकडाउन अबधिभरको पनि मासिक शुल्क विद्यालयले एक मुष्ठ विद्यार्थीलाई दिन भनेपछि विद्यार्थी र विद्यालय प्रशासन वीच विवाद बढेको हो । विवादको कारण विद्यालयको पठनपाठनमा प्रभाव परेको छ । लकडाउन अवधिभरको मासिक शुल्क मिनाहा गर्नु पर्ने माग लिएर आन्दोलित भएको विद्यार्थीहरुले एकाएक प्रधानाध्यापकको राजिनामा र विद्यालयमा आर्थिक हिनामिना भएको आरोप समेत लागाएका छन् ।

 

श्री आदिकवि भानुभक्त माविमा भरतपुरमहानगरको विकट गाउँ कविलास, ठिमुरा, तनहुँको देवघाट गाउँपालिका लगायत टाढा टाढाबाट दैनिक तीन चार घण्टा धाएर विद्यार्थी पढ्न आउछन । विद्यालय प्रशासन र आन्दोलित विद्यार्थीको कारण घण्टौ धाएर पढ्ने सोझा विद्यार्थीहरु भने मारमा परेका छन् । कक्षा १२ मा अध्ययनरत विद्यार्थी हेम्शन गुरुङ दुई घण्टा लाएर पढ्न धाउछन । विद्यालय आउदै त्यसै फर्कनु पर्दा नमज्जा मान्छन । विद्यार्थीले उठाएको मागत ठिकै हो, पढ्ने विद्यार्थीलाई भने आन्दोलनले प्रभाव परेको उनको गुनासो छ । विद्यार्थीको जायज माग विद्यालयले सुन्नु पर्ने हेम्सनको कुरा छ ।

 

विद्यालयमा प्रशासनशाखा र लेखा शाखामा अहिले विद्यार्थीले ताला लगाएको छ । आज भएको विद्यार्थी र विद्यालयको छलफलले लकडाउन अवधिभरको चार महिनाको मासिक शुल्क मिनाहा गर्ने भएको छ । कक्षा १२ मा नै अध्ययनरत विद्यार्थी मिलन चेपाङका अनुसार आज विद्यार्थी र शिक्षकहरुबिछ भएको छलफलबाट चार महिना छुट गर्ने सहमति भएको छ । मिलन चेपाङ भन्नुहुन्छ” बाहिर कलेजका विद्यार्थी आउनु ठिक होइन । विद्यालयका हाम्रा साथिहरुले अरु कलेजका विद्यार्थीलाई बोलाउन हुन्नथ्यो । शिक्षकहरुले पनि मिल्नेसम्म विद्यार्थीको मर्का बुझेर शुल्क मिनाहा गर्नुपर्दथ्यो । यस विद्यालयमा अधिकांश गरिव विद्यार्थीहरुनै अध्ययन गर्दछ । विद्यालय र विद्यार्थीविचको कुरा समयमै नमिल्दा समस्या बल्झिदै गएको हो ।”

 

विद्यालयमा मासिक शुल्क मिनाहा गर्ने विषयलाई लियर उठेको विद्यार्थीको मुद्दा आर्थिक हिनामिना र प्रअको राजिनामाको मागसम्म उठ्दा विद्यार्थीलाई वाहिरबाट कसैले उचालेको विद्यालयको कुरा छ । विद्यालयले विद्यार्थीको चार महिनाको मासिक शुल्क मिनाहा गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद सापकोटाले बताउनु भयो । दुई वर्ष अघि सम्पन्न भएको स्वर्ण महोत्सवको विषयलाई लिएर विद्यार्थीहरुले आवाज उठाउन थालेका छन् । यो सव कुरा अडिटिङ्ग भैसकेको छ । विद्यार्थीहरुले सहि र उचित कुराको माग मात्र राखेर अघि बढ्नु पर्ने प्रअ सापकोटाको कुरा थियो ।

 

कोरोना संक्रमण हुने त्रासको कारण मानिसको जन जिवन नै अस्तव्यस्त भएको अवस्था थियो । लकडाउनको मारमा परेका विद्यालयले विद्यार्थीको मर्का बुझ्नु पर्दछ । यतिबेला कमाउन भन्दा पनि कसरी हुन्छ चल्न तर्फ लाग्नु उचित हुन्छ । आर्थिक स्थिति कमजोर विद्यार्थीहरुलाई लकडाउनले थप समस्या थपेको छ । विद्यालय र विद्यार्थीकोविचको समझदारीमा विद्यालय अघि बढे समस्याको समाधान हुने देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button