दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दार्चुलाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक करननाथ, गाडी धनी पदम पन्त र गाडी धनी पन्तका आमा सुनादेबी पन्त रहेको घटनास्थलबाट हरि जोशीले जानकारी दिनुभयो ।

गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको ब ३ ज १६९३ नम्बरको नयाँ जीप लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट बन्स्याडीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

जीपमा सवार अरु चार जना घाइते रहेको स्थानीय रमेश धामीले बताउनुभयो ।

घाइते हुनेहरुमा बुद्धिपल्ब पन्त, गंगा पन्त, मुकेश  पन्त र बसन्त पन्त रहेको बताइएको छ ।

दुर्घटनामा परेको जीप गोरसपात होटल गोकुलेश्वरका सञ्चालक पदम पन्तको नयाँ जीप रहेको स्थानीयले बताएका छन् ।

सडकबाट भण्डै डेढ सय मिटर तल खसेको जीप क्षतविक्षत भएको छ । दुर्घटनापछि पन्त परिवार शोकमा डुबेको छ ।

अहिले स्थानीय र प्रहरीको सहयोगमा उद्धारकार्य भइरहेको छ ।

घाइतेहरुलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button