मृतक पक्षको चित्तबुझ्दो संम्झौता नभएपछि इलाका प्रहरी कार्यालय कोहलपुर गेट अगाडि प्रहरी र मृतक पक्षबीच झडप।

कर्णाली 24, बांके, २६ गते राती करिब ९ बजे बेलुका मुगुबाट छिमेकीलाई उपचार गर्नु भनेर आएको पैदलयात्री जय कर्ण मल्ललाई बाँके कोहलपुर स्थित पिपल चौतारा जेब्राक्रसिङ बाट सडक पार गर्ने क्रममा भे १ ख ११०० सय नम्बरको ट्रकले ठक्कर दिँदा ३७ वर्षे मल्लको घटनास्थलमै निधन भएको कांग्रेस जिल्ला कार्यसमितिका पार्टी सभापति खड्क बहादुर शाहीले बताए मृतक मल्ल सोरु गाउँपालिका ११ मुगुको हुन।

घटनालाई क्षतिपूर्तिसहित वार्ताबाट मिलाउने प्रयास जारी हुँदाहुँदै मृतक पक्षको चित्तबुझ्दो संम्झौता नभएपछि इलाका प्रहरी कार्यालय कोहलपुर गेट अगाडि प्रहरी र मृतक पक्षबीच झडपको स्थिती सिर्जना हुँदा प्रहरी र मृतक पक्ष घाइते हुनुको साथै इलाका प्रहरी को वरिपरी मृतक पक्षलाई निषेध पनि गरिरहेको छ।

बाँकी भिडियोमा हेर्नुहोस।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button