आफ्नी श्रीमतीसँग यौ’न सम्बन्ध राखेको थाहा पाएपछि श्रीमानले नै गरे सम्बन्ध राख्ने पुरुषको हत्या ।

काठमाडौं, २७ फागुन। रुपन्देहीका २६ वर्षीय दिनेश लोधको हत्या यौ’न सम्बन्धका कारण भएको खुलेको छ ।हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ। रुपन्देहीको गैडहवा गाउँपालिका–६ गुलरियाका लोधको शव गत मंसिर १७ गते विहान साढे ७ बजे गैडहवा गाउँपालिका–६ स्थित पर्सा कलौनी सडकखण्डको पूर्वी किनारमा फेला परेको थियो ।
उनको हत्या आरोपमा लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बाट प्रहरीले फागुन २५ गते रामवरण यादवलाई नियन्त्रणमा लिएको छ। आफ्नी श्रीमतीसँग यौ’न सम्बन्ध राखेको थाहा पाएपछि यादवले लोधको हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।
पक्राउ परेका यादवले हत्या आफूले गरेको स्वीकार गरेका छन् ।यादवमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन थुनामा राख्ने अनुमति लिएको प्रहरी निरीक्षक महतले बताए ।